macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष के.सी.ले पद तथा गोपनियताको सपथ ग्रहण गरे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सी.ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

कम्पनीको गत मंसिर ७ गते बिहीबार बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

himalayan life insurance
igi long
NTA long ad