citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल वेयरहाउजिङ कम्पनीको मंसिर १० गतेदेखि आइपीओ निष्कासन गर्ने

१ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

१ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । यस आइपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा आइपीओ बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला रहनेछ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट लिमिटेडले आइपीओलाई आइआरएन बीबी माइनस रेटिङ प्रदान गरेको  छ ।

gold
himalayan life insurance long ad