citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनआईसी एशिया बैंकले कमलादीमा केन्द्रिय कार्यालय भवन निर्माण गर्दै 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । हाल भाडामा केन्द्रिय कार्यालय राखेर सञ्चालन हुँदै आएकोमा बैंकले कमलादीमा आफ्नै भवन निर्माण गर्ने भएको हो ।

मुख्य कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । बैंकले काठमाडौं महानगरपालिका २८ कमलादीस्थित १ हजार १७.४८ वर्गमिटर भएको जग्गामा आफ्नो भवन निर्माण गर्ने बैंकले जनाएको छ ।

बैंकले उक्त भवन निर्माण कार्यको लागि वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्न बोलपत्र आह्वान गरेको छ । बैंकको उक्त भवन निर्माण गर्न परियोजना व्यवस्थापन परामर्शदाता ९पीएमसी०को जिम्मेवारी इन्भाइरोन्मेन्टल सर्भिसेज नेपाल प्रा।लि।ले पाएको छ ।

‘बैंकको भवन निर्माण तथा सञ्चालनका लागि प्रस्ताव गरिएको छ, आयोजनाको कुल जग्गा १०१७.४८ वर्ग मिटर र सो जग्गा प्रस्तावक स्वयंको नाममा दर्ता छ, प्रस्तावित भवनको बिल्ट अप एरिया ४०४९.८ वर्ग मिटर र उचाई २९.६ मिटर रहनेछ, प्रस्तावित भवन जम्मा ७ तल्लाको हुनेछ र पार्किङ्ग व्यवस्थाका लागि २ वटा बेस्मेन्ट निर्माण गरिनेछ,’ बैंकको सूचनामा उल्लेख गरिएको छ ।

भवन निर्माण गर्दा सो क्षेत्रको जैविक तथा पारिस्थितिकिय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र सांस्कृतिक प्रणालीहरुबिच कस्तो प्रभाव पर्छ भनी यकिन गर्न वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न लागेको बैंकले जनाएको छ ।

त्यसैले काठमाडौं महानगरपालिका २८ नं वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति वा संस्थाले ७ दिनभित्र सुझाव उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ ।

himalayan life insurance
igi long