stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप किन्ने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

बैंकले आज बुधबार मंसिर ६ गते बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् १० अर्ब रुपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति मंसिर १३ गते निर्धारण भएको छ ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र  अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari