citizens life insurance long ad
stcnepal long ad

पोखरामा प्रिमो एजुकेशन शुरु

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । पोखरामा उच्च शिक्षा अध्ययन तथा विदेश जान चाहनेहरुको लागी सम्पूर्ण सेवा दिने उद्देश्यले पोखरामा प्रिमो एजुकेशन एवं एकेडेमीको शुरुवात भएको छ ।

पोखरा शैक्षिक राजधानीको रुपमा विस्तार हुदैँ गएको परिप्रेक्षमा विद्यार्थीलाई उचित परामर्श ज्ञान सीपको लागी एकेडेमीको भूमिका महत्वपूर्ण रहने शैक्षिक परामर्श संघका केन्द्रिय उपाध्यक्ष भुवन क्षेत्रीले बताए ।

सन् २०१८ मा अष्टेलियाबाट शुरु गरिएको एकेडेमी नेपालको मूख्य शहरहरु लगायत भारतमा समेत शाखा विस्तार  गर्ने योजना  रहेको एकेडेमीका संस्थापक कार्यकारी अधिकृत दिपक के.सी. ले बताए ।

एकेडेमीका पोखरा प्रमुख रमेशकुमार थापाको सभापतित्वमा भएको कार्यक्रममा शैक्षिक परामर्श संघका पूर्व अध्यक्ष रविन्द्र तिवारी, मिलन तिवारी, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण थापा, एकेडेमीका प्रबन्ध निर्देशक विनोद हमाल, बुटवल शाखा प्रमुख सृजना थापा लगायतले एकेडेमीले शिक्षा परामर्श सङ्गै सामाजिक रचनात्मक कार्यहरु गर्नुपर्ने बताए ।

शैक्षिक परामर्श संघ ecan का अध्यक्ष समेत रहेका एकेडेमीका पोखरा प्रमुख रमेशकुमार थापाले विद्यार्थीलाई कानुनी परामर्श सहितको गुणस्तरीय सेवा दिन एकेडेमी सक्रिय रहने बताए ।

IME Life
kumari