stcnepal long ad
global ime bank long

एनएमबि बैंकको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ दशमलव २९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६ दशमलव ०७ प्रतिशत बढेको छ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ दशमलव ८९ प्रतिशत र सञ्चालन मुनाफा ६ दशमलव ५१ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ४८ पैसा रहेको छ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ४.०९ प्रतिशत घटेको छ भने कर्जा १.९१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसा बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ।

असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ।

 

IME Lifesidebar
kumari