macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

माछापुच्छ्रे बैंकको खुद नाफा २० प्रतिशतभन्दा बढीले बढ्यो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ५४ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो ।

यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिशत बढी हो । गत बर्ष बैंकले ४५ करोड ११ हजार रुपियाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटाएको छ ।

माछापुच्छ्रे बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.९५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेको छ ।

गएको असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा दुई करोड ८५ लाख रुपियाँ रहेको छ । त्यस्तै, प्रतिशेयर वितरणयोग्य मुनाफा ९८ पैसा रहेको छ । पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपियाँ १३ पैसा बढेर १८ रुपियाँ ६६ पैसा पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपियाँ ७७ पैसा रहेको छ ।

माछापुच्छ्रे बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपियाँ छ भने जगेडा कोषमा चार अर्ब ९७ करोड रुपियाँ छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.४५ प्रतिशत घटेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ ।

१७ कात्तिक २०८०, शुक्रवार ०७:२२ बजे प्रकाशित

NTA long ad