citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

राष्ट्रिय सहकारी बैंकको सीईओमा पुनः गुरागाईं

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सिए बद्रीकुमार गुरागाईं पुनः चार वर्षका लागि नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको ‘भर्चुअल’ वैठकले गुरागाईको कार्यकाल पुनः चार वर्ष थप गर्ने निर्णय गरेको हो । उप प्रमुख कार्यकारी अधिकृतको पदमा बैंक प्रवेश गरेका गुरागाई डेढ अघि प्रमुख कार्यकारीमा नियुक्त भएका थिए ।

बैंक अध्यक्ष अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गुराईगाईलाई अहिले फेरी निरन्तरता दिने निर्णय गरेको हो ।

साढे २२ अर्व रुपैयाँ कर्जा लागानी गरी बैंकले चालु आर्थिक वर्षको १० महिनामा ४२ करोड रुपैयाँ नाफा गरेको छ ।

भर्चुअल बैठकले गुरागाईलाई निरन्तरता दिने निर्णय गर्नुका साथै थप अन्य निर्णय पनि गरेको छ । बैंकले जेठ मसान्तसम्म बुझाउनु पर्ने किस्ताको ब्याज म्याद भित्रै बुझाए १० प्रतिशत छुट दिने भएकोछ ।

gold
kumari bank