stcnepal long ad
global ime bank long

चौतर्फी आलोचना भएपछि आरडिटी परीक्षण कम गर्ने सरकारको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण चौतर्फी आलोचना भएपछि सरकारले कम गर्ने तयारी गरेको छ ।

अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र एन्टिबडी भए /नभएको पत्ता लगाउन आरडिटी गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्।

डा. गौतमले क्वारेन्टिनमा १४ दिन पुगेका मानिसहरू छन् र त्यहाँ नयाँ मान्छे नथपिएको अवस्थामा पनि पिसिआर परीक्षण गर्नु नपर्ने बताए।

तर सदूरपश्चिममा पहिले र पछि आएकाहरू सबैलाई एउटै क्वारेन्टिनमा राखिएको छ।

क्वारेन्टिन अभाव रहेको भन्दै स्थानीय तहहरूले विद्यालयहरूमा भारतबाट आएकाहरूलाई राख्दै आएका छन्। त्यसरी क्वारेन्टिनमा रहेकाहरू धेरैलाई आरडिटी गर्दै घर पठाइएको छ।

सरकारले सुरूमै आरडिटी किट प्रयोगमा ल्याउँदा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै विज्ञहरूले यसको प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका थिए। तर सरकारले भने पिसिआर भन्दा आरडिटी किटमै जोड दियो।

भारतबाट आएकाहरूलाई केही समयअघि पनि सरकारले भटाभट आरडिटी परीक्षण गर्दै घर पठाएको थियो। तर घर गएर क्वारेन्टिन बसाइमा धेरैमा संक्रमण देखिएको छ।

मन्त्रालयले जारी गरेकै कोभिड (१९)  टेस्टिङ सम्बन्धी नयाँ निर्देशिकाले पिसिआर परीक्षणलाई कडाइ गरेको छ ।

निर्देशिकामा क्वारेन्टिनमा रहेकाहरूको लक्षण देखिए मात्र पिसिआर गरिने कुरा उल्लेख छ। विज्ञहरूले भने यो नीतिले संकट आउनसक्ने जनाएका छन्।

कोरोनाको अधिकांश संक्रमितहरूमा लक्षण नदेखिएको भन्दै यसले संक्रमितहरू नै परीक्षण हुनबाट वञ्चित हुने उनीहरूको दाबी छ। सरकारले भने प्रयोगशालाहरूको क्षमताले धान्न नसक्ने स्थिति आएपछि परीक्षणलाई खुम्च्याउने कदम चालेको छ।

IME Lifesidebar
kumari