evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

कार्तिक २१ गतेबाट हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आइपीओ विक्री खुला गर्ने

उक्त आइपीओमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ ।

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले कार्तिक २१ गतेबाट प्रिमियममा आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियम वापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मात्रै आइपीओ निष्काशन मिति तोकेको हो । अब यसपछि सर्वसाधारणका लागि विक्री मिति तय गर्नेछ ।

सोमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिने जनाएको छ ।

२ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई,५ प्रतिशत अर्थात १५ लाख कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ । उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कार्तिक २१ गतेदेखि मंसिर ५ गते बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो । बोर्डले कार्तिक १ गते अनुमति दिएको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ । यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ ।

himalayan life insurance
igi long