stcnepal long ad
global ime bank long

सानिमा बैंकको आज १९ औं साधारण सभा

सेयरधनीले पाउँदैछन् लाभांश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज बिहीबार कात्तिक २ गते  सानिमा बैंकको वार्षिक साधारण सभा बस्दैछ ।  लाभांश प्रस्ताव पारित गर्न बैंकको १९ औं साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सानिमाले यसपटक ९५ बोनस सेयर र कर प्रयोजनसहित ५.७०% नगद गरी कुल १४.७०% लाभांश दिने प्रस्ताव गरेको छ । सभामा यही प्रस्ताव पारित गर्ने एजेन्डा छ ।

साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन् । साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ ।

असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् । साधारण सभाबाट अनुमोदन भएपछि लाभांश सेयरधनीको खातामा पाठाउने प्रक्रिया सुरु हुनेछ ।

IME Lifesidebar
kumari