macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

धमाधम आन्तरिक ऋण उठाउँदै सरकार : आज १० अर्बको विकास ऋणपत्र बोलकबोल हुँदै

केन्द्रीय बैंकले असोज २६ गते निष्कासन गर्न लागेको यस ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ ।

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । पछिल्लो सरकारले धमाधम आन्तरिक ऋण उठाउँदै आएको छ । यसैबीच नेपाल राष्ट्र बैंकले आज बिहीबार (असोज २५ गते) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले असोज २६ गते निष्कासन गर्न लागेको यस ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ । विकास ऋणपत्र २०८८ ‘घ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्षको छ ।

ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ । यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । ब्याजदर बोलकबोलकको मध्यमबाट निर्धाराण हुने छ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने केन्द्रीय बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो ।

प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५% अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५% अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ ।

नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमापनि ऋणपत्र कारोबार हुन सक्नेछ ।ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ ।

२५ असोज २०८०, बिहीवार ०८:३२ बजे प्रकाशित

NTA long ad