सोनापुर मिनरल्स एन्ड आयलको सेयर रजिष्ट्रारको काम एनआइएमबि एस क्यापिटल मार्फत हुने
काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर रजिष्ट्रारको काम एनआइएमबि एस क्यापिटल लिमिटेड मार्फत हुने भएको छ ।
यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबि एस क्यापिटलले गर्नेछ ।
यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । अब यस कम्पनीको सेयर सूचीकरणका लागि थप प्रक्रिय अघि बढ्नेछ ।






















