citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मुद्दति निक्षेपमा १ अर्ब रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । केन्द्रीय बैंकले मुद्दति निक्षेपमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले २०८० कात्तिक १२ गतेदेखि २०८१ कात्तिक १२ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले मंगलबार असोज २३ गते बेलुका ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १५ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।

himalayan life insurance
igi long