macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढायो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको १२ करोड रुपैयाँको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो ।

यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड रुपैयाँ बनाइएको छ ।

यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ । असल वर्गमा वर्गीकरण भएको कर्जामा १।३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यी व्यवस्था गरेको हो । गत २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमामा परिमार्जन गर्न तयार भएको थियो ।

सो दिन अर्थमन्त्री डा। प्रकाशकरण महतले नै भू–उपयोग नियमावली संशोधन मार्फत जग्गाको कित्ताकाट खुलाएको  भन्दै  अब सेयर बजारमा पनि तरलता सहजीकरण गर्नुपर्ने बताउनुभएको थियो ।

त्यसका लागि राष्ट्र बैंक लचिलो बन्नुपर्ने भन्दै अर्थमन्त्री महतले गभर्नरलाई सेयर धितो कर्जामा पुनर्विचार गर्न आग्रह गर्नुभएको थियो ।

१९ असोज २०८०, शुक्रवार ०८:०७ बजे प्रकाशित

NTA long ad