citizens life insurance long ad
stcnepal long ad

बन्दीपुर केबलकार र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

बन्दीपुर । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौतासँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुने छ ।

IME Life
kumari