वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान गर्न सुरु

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान गर्न थालेको छ। मंगलबारदेखि उपमहानगरबाटै श्रम स्वीकृति दिन थालिएको उपमहानगरले जनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार इटहरीले पहिलोपटक स्थानीय रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरूआत गरेका हुन्।
वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको छ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ। सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने इटहरी उपमहानगरले बताएको छ।
१६ असोज २०८०, मंगलवार १९:४२ बजे प्रकाशित