citizens life insurance long ad
stcnepal long ad

डिजिटल कारोबार गर्दा सचेत बन्न केन्द्रीय बैंकको आग्रह

‘बैंकको नाम, खाताको नम्बर, भुक्तानीको प्रयोजन लगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्नुपर्छ’ सूचनामा उल्लेख छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । केन्द्रीय बैंकले डिजिटल कारोबार गर्दा सचेत बन्न आग्रह गरेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवाले ग्राहकलाई सहज बनाएको भन्दै राष्ट्र बैंकले उक्त माध्यमको प्रयोग गर्दा सजग हुन पनि आग्रह गरेको हो ।

मंगलबार वित्तीय सचेतनाको लागि एक सूचना जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसरलाई भुक्तानी गरेको हो भन्ने कुरामा सावधानी पुर्याउन भनेको छ ।

‘बैंकको नाम, खाताको नम्बर, भुक्तानीको प्रयोजन लगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्नुपर्छ’ सूचनामा उल्लेख छ । डिजिटल कारोबार गर्दा नोटको आवश्यकता नहुने र खातामा सिधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने केन्द्रीय बैंकको भनाइ छ ।

पछिल्लो समय डिजिटल कारोबार बढ्दो क्रममा रहेको छ । योसँगै यसमा जोखिम पनि बढ्दै गएको छ ।

IME Life
kumari