evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

माछापुच्छ्रे बैंकको २५औं वार्षिक साधारण सभा असोज १८ गते 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारितका लागि असोज १८ गते बिहीबार सभा बोलाएको हो ।

उक्त साधारणसभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा गर्ने बैंकले जनाएको छ । वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुनेछ। कम्पनीको भदौ २६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

 

igi long
himalayan life insurance long ad