citizens life insurance long ad
stcnepal long ad

यामाहाले ल्यायो ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना, हरेक दिन ३ जनाले ५० इन्चको स्मार्ट टिभी जित्न सक्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले, ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको छ ।

कम्पनीले दशैं९तिहार र छठ, २०७९ लाई लक्षित गर्दै विभिन्न योजनाहरु ल्याएको हो । भाद्र २१ बाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागु हुनेछ ।

कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ जित्न सक्नेछन् ।

यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् ।

यसका अतिरिक्त, उक्त योजना अन्तर्गत, अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ ।

कम्पनीको अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन ।

सिमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

‘चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौं, र, आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ,’ उत्साहित हुँदै यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए ।

छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने कम्पनीले जानकारी गराएको छ ।

IME Life
kumari