citizens life insurance long ad
stcnepal long ad

अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७० प्रतिशतसम्म लगानीको योजना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ ।

यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग गर्ने प्रयास हो ।

बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न अग्निले यस्तो योजना ल्याएको हो ।

अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ र आफ्ना ग्राहकहरूलाई झण्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्न र उनीहरूलाई गर्वका साथ महिन्द्रा सवारी साधनका मालिक बन्न सहज तुल्याउन चाहन्छ ।

“हामी एकल प्रक्रिया (वान विन्डो अप्रोच)का साथ हाम्रा ग्राहकहरुका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौं, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं,” कम्पनीले भनेको छ, सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ ।

फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुनेछ र यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्नेछ ।

यो योजनामा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा हुनेछ, जसको उद्देश्य ग्राहकहरूको भार कम पार्नु हो । यो योजना नेपालभर लागू हुनेछ र केही नियम तथा शर्तहरू लागू हुनेछन् ।

 

IME Life
kumari