नेपालमा विशाल आगमन गर्दै जावा फोर्टी–टु स्पोर्ट्स स्ट्राईप
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. ले जावा फोर्टी–टु परिवारमा एक नयाँ सदस्यको आगमन गराएको छ ।
अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उपलब्ध स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राईपको अनावरण हालका चर्चित नेपाली गायक सुशान्त के. सी. ले यही जेष्ठ १६, २०७९ का दिन जावा मोटरसाइकलको शोरुम, उत्तरढोकामा गर्नुका साथै सोही अवसरमा प्रि–बुकिङ्ग गरिएका बाईकहरु वितरण पनि गर्नुभएको थियो ।
गायक सुशान्त के. सी. को भनाई अनुसार, “मलाई पहिलेदेखि नै जावा मोटरबाइक निकै मन पर्थ्यो । त्यसैले, मैले विगत एक वर्षदेखि आफ्नो हरेक यात्राका लागि जावा पेराकलाई आत्मीय बनाएको छु । र हाल नेपालमा जावा बाइकको कलेक्शनमा जावा ४२ स्पोर्ट्स स्ट्राईप पनि थपिएकोमा म एकदम हर्षित छु र यसको सफलताको कामना पनि गर्दछु ।”
त्यसैगरी, अग्नि मोटोइंक प्रा. लि. का महाप्रबन्धक शरद मिश्रका अनुसार, “विगत दुई वर्षदेखि जावा बाइकको बिक्रीवितरणमा हामी सक्रियताका साथ कार्यरत छौँ र यी दुई वर्षमा ग्राहकहरुबाट सदैव सकारात्मक प्रतिक्रिया नै पाईरहेका छौँ ।
साथै, आगामी दिनहरुमा जावा ४२ स्पोर्ट्स स्ट्राईपले पनि सोही किसिमको माया पाउनेमा विश्वस्त पनि छौँ ।”
स्पोर्ट्स स्ट्राईप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका छन्, जसमध्ये २९३ सीसी बीएस–सिक्स लिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनले हाल २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क उत्पादनको क्षमता राख्दछ ।
यो पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त इन्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।
यसमा सानोभन्दा सानो इनपुटहरुलाई पनि ध्यानपूर्वक राम्रो ईन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ ।
त्यसैगरी, १३–स्पोक एलोय ह्वीलले यस मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनीय रूपमा प्रस्तुत गरेको हुनाले यसले क्लासिक मोटरसाइकल प्रेमीहरुलाई आकर्षित गर्ने विश्वास राखिएको छ ।
जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ ।
साथै, रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्वीन एग्जस्ट र कन्टिनेन्टलद्वारा एबीएसले सुसज्जित उत्कृष्ट स्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउँछ ।
हाल लाइ रु. ७,५८,०००/– एमआरपी तोकिएको जावा ४२ स्पोर्ट्स स्ट्राईप जावा मोटरसाइकल प्रेमीहरूले आफूलाई पायक पर्ने जावा मोटरसाइकलको विभिन्न शाखा र डिलरहरुमार्फत सहजै नेपाल भर खरिद गर्न सक्नुहुनेछ ।




















