लाल रत्न अस्पतालमा कुमारी बैंकका ग्राहकले छुट प्राप्त गर्ने
काठमाडौं । कुमारी बैंक लिमिटेड र सुदुर पश्चिम प्रदेश लम्कीचुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच बैंकका ग्राहकहरुलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ ।




















