stcnepal long ad
global ime bank long

यामाहाको नयाँ बाइक ‘एफ जेड एक्स १५०’ नेपाली बजारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा सार्वजनिक गरिएको छ। उक्त बाइक एमएडब्लु इन्टरप्राइजेजले आजबाट बिक्री वितरण शुरु गरेको हो। नेपालका लागि यामाहाको आधिकारिक एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डप स्थित कम्पनीद्धारा बैशाख १५ देखि २१ गतेसम्म आयोजित महाएक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो।

कम्पनीका अनुसार एफ जेड एक्स १५० यामाहाको पहिलो निपो रेट्रो बाइक हो। जुन एलसिडी मिटर र ब्लुटुथ कनेक्ट जस्ता स्मार्ट सुविधा र क्लासिक डिजाइन सहित तयार पारिएको छ।

 

 

‘राइड फ्री’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरि स्वतन्त्र सहज र आरामदायी यात्रा गर्न रुचाउने बाइक प्रेमिहरूलाई लक्षितगरि तयार पारिएको कम्पनीले जनाएको छ।

यामाहाका अन्य मोटरसाइकलहरू भन्दा केही फरक प्रयोजनका लागि तयार पारिएको यस मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखि तयार पारिएको कम्पनीको दाबी छ।
उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको टु लेबल सिट, बलियो ब्लक प्याट्रन टायर, फ्रण्ट फोर बुटका साथ स्थर टेलिस्कोपी सस्पेन्सन र ब्लुटुथ कनेन्ट जस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाईएको यामाहाका नेपालका सिईओ राजु क्षेत्रीले बताए।

साथै डिआरएलका साथ वाई फङसनल एलईडी हेडलाइट र ओभल रोपको इलईडी रिङ टेललाइटले बाइकको भिजुअललाई थप आकर्षक प्रदान गरेको क्षेत्रीले उल्लेख गरे।

IME Lifesidebar
kumari