stcnepal long ad
global ime bank long

नेपाल र भारत साझा संस्कृतिका देशः पूर्वमन्त्री ढकाल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नयाँदिल्ली । पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपाल र भारत साझा संस्कृतिका देश भएको बताउनुभएको छ ।

नयाँ दिल्लीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री ढकालले भारतीय प्रधानमन्त्रीको हालै भएको लुम्बिनी भ्रमणले नेपाल र भारत दुई फरक सर्वभौम देश भए पनि एक साझा संस्कृतिका देश भएको तथ्य प्रमाणित भएको उल्लेख गर्नुभयो ।

 

 

ढकालले मोदीको साँस्कृतिक भ्रमणले नेपाल भारतको सम्बन्ध थप उचाईमा पुगेको समेत बताउनुभयो ।

एसियाली देशहरुको शान्ति र विकासका लागि युपीएफकि संस्थापिका डा. हाक जा हान मुन द्वारा प्रस्तावित एसिया प्यासिफिक युनियन गठन गर्ने भन्ने प्रस्तावलाई कम्बोडियाको सरकारले समर्थन गरिसकेको उल्लेख गर्दै उक्त युनियनलाई सार्थकता दिन भारतको सहयोग अति आवश्यक हुने समेत बताउनुभयो । कार्यक्रममा भारतीय सांसद तथा विभिन्न शिक्षासेवीले सम्बोधन गर्नुभएको थियो ।

IME Lifesidebar
kumari