stcnepal long ad
global ime bank long

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान २०७८’ प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ ।

छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आइकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु र अन्य पाहुनाहरुको समुउपस्थितीमा प्रदान गरिएको हो ।

 

 

२०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेकोछ ।

यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ ।

यस वर्ष अर्थात २०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ ।

साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए ।

त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशाल मणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तिय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

कोभिड–१९ महामारीका कारणले गर्दा गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको कार्यक्रम आयोजना गर्न नसकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाण पत्र पनि प्रदान गरिएको छ ।

गत वर्ष कार्यक्रम आयोजना गर्न नसकिएता पनि यस कार्यक्रम अन्तर्गतको छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको नगद पुरस्कार भने इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमार्फत विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशीले यस कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै भने, “यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमकोलागि एनसेलसँग सहकार्य गर्न पाएकोमा निकै खुसी छौं ।

यो कार्यक्रमले उदीयमान हाम्रा युवा प्रतिभाहरुका ज्ञान अभिवृद्धि गर्न ठूलो भुमिका खेलेको छ र यसले ज्ञानको विकासमा योगदान पुर्याउँछ । २०७१ साल देखि यस कार्यक्रमलाई निरन्तरता दिएकोमा हामी एनसेल प्रति आभारी छौं ।”

यसैगरी कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम हाम्रा सामाजिक पहलहरु मध्ये निकै प्रशंसा गरिएको एक कार्यक्रम हो ।

प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेकोछ । व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत, शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ र यसलाई हामी निरन्तर उच्च प्राथकितामा राख्छौं ।”

एनसेल छात्रवृत्ति इन्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ ।

IME Lifesidebar
kumari