रोयल इनफिल्डको झण्डा सगरमाथाको शिखरमा पुर्याउने
बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा. ली. ले नेपाल भर बिक्रि अनुमती पाएको हो । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।
प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात हुनुहुन्छ, उहाँलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइ द्वारा सम्मान गरिएको छ ।
प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुनुहुन्छ । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोद जी ले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गर्नु भएको छ।
सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सि.सि. बाट पूर्व(पश्चिम राजमार्ग (मेची–महाकाली) चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गर्नु भएको छ ।
बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहनु भएका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा (Teach 8848 Girls Against Child Marriage)” अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रा. ली. ले त्रिवेणी ग्रुपको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर रु. ५००,०००/( (रु. पाच लाख) को चेक हस्तानतरण गरेको छ साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी श्री हर्ष संघाइबाट हस्तान्तरण गर्नु भयो ।
























