citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नाडाको आगामी निर्वाचनका अध्यक्षका प्रत्यासी थापा समुहको बनेपामा अन्तक्रिया कार्यक्रम

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मंसिर २३ र २४ गते हुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औ साधारण सभा तथा उक्त सभाले नेतृत्व चयन गर्ने निर्वाचनलाई लक्षित गरेर मंसिर१० गते होटेल उग्रचण्डी, बनेपामा ध्रुव थापाको अध्यक्षतामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल निर्वाचन सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।

‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ हुन गइरहेको नाडाको आगामि निर्वाचनमा श्री ध्रुव बहादुर थापा अध्यक्ष पदको उम्मेद्वार हुनुहुन्छ । सम्पन्न कार्यक्रममा थापा प्यानेलका आकाश गोल्छा, अमरज्योती रञ्जित, बि. एन. पाठक, दिपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायणप्रसाद पौडेल(राजन), नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन बिर सिं कंसाकार, सञ्जयकुमार खेतन, शुभआसिष थपलिया, यमुना श्रेष्ठ, साथैकाठमाण्डौँका एवं काभ्रे जिल्लाका सम्पूर्ण अटोमोबाइल्स ब्ययवसायी सदस्यहरुको सहभागिता थियो ।

नाडाको बर्तमान कार्यसमिति सदस्य तथा हाल ध्रुव थापाको टिमबाट उमेद्वारी दिनु भएका अटोमोबाइल ब्यवसायी कपिल शिवाकोटीले सञ्चालन गर्नु भएको कार्यक्रममा उपस्थित ठुलो व्यवसायीहरुको भेलालाई सम्वोधन गर्दै अध्यक्षका प्रत्यासी ध्रुव बहादुर थापाले नाडामा हाल देखिएका समस्या र त्यसका समाधानका उपायहरुको बिच छलफल गर्दै आउदै गरेको नाडाको चुनावमा आफ्ना प्रतिबद्धताहरु स्पष्ट पार्नु भयो ।

आफ्नो टिम समाबेशी रहेको, नाडा कै इतिहासमा पहिलो पटक काभ्रे कै चेलि यमुना श्रेष्ठ समेत आफ्नो टिममा रहेको जानकारी दिदै थापाले साना ब्यवसाय देखि ठूला ब्यवसायी सबैको साथ आफुसँग रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा थापाले काठमाण्डौ उपत्यका बाहिर मफोसलका तर्फबाट आफुले उमेद्वारी दिएको जानकारी गराउनुभयो । आफुले मोटर साइकलको रिकण्डिशन ब्यवसायबाट अटोमोबाइल ब्यवसायमा हात हालेको र अहिले पनि स्पेयर पार्टसको पसल, बिभिन्न कार तथा मोटरसाइकलको डिलरहरु सञ्चालन गरि रहेको र ठूला ब्यवसायीले झै गाडी आयातकर्ताको रुपमा पनि कार्य गरिरहेकोले आफुले सबैतह र क्षेत्रको अटोमाबाइल ब्यवसायको अनुभव रहेको तथा त्यस क्षेत्रमा रहेको समस्याहरु र चुनौतिको आफैले अनुभव गरिरहेको हुदा अब आउने नाडाको चुनावमा आफुबिजयी भएमा नाडालाई सबै ब्यवसायीले आफ्नो भनि महसुस गर्न सक्ने गरि कार्य गर्ने जानकारी गराउनुभयो ।

साथै, नाडाको तर्फबाट नेपाल सरकार तथा प्रदेश सरकारहरुसँग गर्ने नितिगत तहका छलफलमा हाल नाडामा रहेका साना तथा मझौला व्यपारीलाई ठुला व्यपारीले उचित स्थान नदिएको , नाडाले राज्यलाई अटोमोबाइल क्षेत्रबाट यती धेरै कर तिरेर सहयोग गरे पनि राज्यबाट उचित मूल्याङ्कन नभएको एवं व्यवसायीहरुले आफ्नो काम सहज रुपमा गर्न नपाएको जस्ता समस्याहरु रहेको बताउनु भयो ।

आफु नाडामा २०औ बर्ष देखि सकृय भएर लागेको र माफोसलबाट प्रतिनिधित्व गर्दा नाडालाई देश ब्यापी रुपमा बिस्तार गर्नु पर्छ भनि पटक पटक आवाज उठाउदा अहिले आएर बल्ल प्रदेश स्तरका संगठनहरुको निर्माण भए पनि

उक्त प्रादेशिक संगठनहरुलाई अर्थिक रुपमा सक्षम तथा अधिकारका हिसाबले पनि मजबुत बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । त्यसै गरि उक्त प्रादेशिक संगठनहरुमा समेत तत् तत्क्षेत्रका सबै ब्यवयायीहरुले समेट्नु पर्ने अर्को चुनौति रहेको कुरालाई पनि अध्यक्ष पदका प्रत्यासी ध्रुव बहादुर थापाले औल्याउनु भयो । यस्ता समस्याहरुलाई मध्यनजर गर्दै थापाले समस्या निराकरणका लागि
आयातदेखि उत्पादनसम्म’ कानुन निर्माण गर्न प्रत्यक्ष रुपमा सरकारसँग वार्ता गर्ने कुरा पनि छलफलमा बताउनु भयो । थापाले नाडा प्रति आफ्नो प्रतिबद्धता भनेर नीतिगत सुधार, सचिवालय सुधार, नाडाको अटो सो, सदस्यहरुको क्षमता अभिबृद्धि, डाटा हव निमार्ण, समाजिक उत्तरदायित्व जस्ता बुँदाहरु प्रस्तुत गर्नुभयो ।

थापा विगत ३१ वर्षदेखि यसै क्षेत्रमा कार्य गर्दै आउनु भएको र आफूले नाडाको उपाध्यक्ष पदको नेतृत्व पनि सफलता पूर्वक निर्वाह गरिसकेको तथा लायन्सको पुर्व गर्भनर भई बिभिन्न समाजिक संघ संस्थामा नेतृत्वदायि भूमिका निभाई सकेकोले यस क्षेत्रको नेतृत्व लिएर अगाडि बढ्न र देखिएका समस्याहरु समाधान गर्न सक्षम रहेको कुरा प्रस्तुत गर्नु भयो ।

काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा उद्योग बाणिज्य संघ बाग्मती प्रदेशका कार्य समिति सदस्य श्री कैलाश पलाञ्चोके र बनेपाका पुराना ब्यवसायी हरी पलाञ्चोकेले थापाका प्रतिबद्धतामा त्यहाँ उपस्थित सम्पूर्ण व्यवसायीहरुले

सहमति रहेको र पुरै बनेपा तथा काभ्रेका आटोमोबाइल ब्यवसायीको साथ रहने र भन्दै शुभकामना दिनु भएको थियो । बनेपा, काभ्रेमा भएको कार्यक्रममा सहभागीहरुले ध्रुव बहादुर थापाको र वहाँको टिमको पकड नाडामा राम्रै रहेको देखिएकोले यस पटकको निर्वाचनमा थापा समुह नै बिजयी हुने विश्वास ब्यक्त गरेका छन्।

himalayan life insurance
igi long