citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौं कांग्रेसमा कृष्ण सबुज बानियाँ समुहले जित्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि चयनमा काठमाडौंमा पुर्व महामन्त्री तथा केन्द्रीय वरिष्ठ नेता प्रकाशमान सिंह र युवा नेता गगन कुमार थापा पक्षको वर्चश्व देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष काठमाडौं जिल्लामा निकै कमजोर भएको छ। काठमाडौं उपत्यकामा कांग्रेस नेता प्रकाशमान सिंह र गगन कुमार थापा बिच गठबन्धन भएपछि संस्थापन पक्ष निकै कमजो बन्न पुगेको हो।

सिंह र थापा पक्षले काठमाडौं क्षेत्र नं. २ र ६ बाहेक सबै क्षेत्रमा आफ्नो पकड जमाएको छ। क्षेत्र नं.२ मा देउवा पक्ष र क्षेत्र नं.६ मा कृष्ण प्रसाद सिटौला निकट पुर्व जिल्ला सभापति तथा सांसद भिमसेनदास प्रधानको बचस्व देखिएको छ।

काठमाडौंमा जिल्लामा सिंह–थापा पक्ष बलियो देखिए पनि ललितपुर र भक्तपुरमा भने यो गठजोड निकै कमजोर देखिएको छ । यधपी ललितपुर र भक्तपुर जिल्लामा सिंह(थापा पक्षको अपेक्षाकृत निर्वाचन परिणाम आएन ।

कांग्रेस अधिवेशनबाट प्राप्त परिणाम अनुसार ललितपुर जिल्लाका तीनवटै क्षेत्रमा संस्थापन पक्षले भारी सफलता हात पारेको छ । ललितपुर क्षेत्र नम्बर १ मा १९ जना महाधिवेशन प्रतिनिधि संस्थापन पक्षबाट छानिँदा ६ जना संस्थापन इतर पक्षका चयन भएका छन ।

ललितपुर क्षेत्र नम्बर २ बाट २० जना संस्थापन पक्षबाट चयन हुँदा संस्थापन इतरबाट ५ जना मात्र निर्वाचित भएका छन् । प्रतिनिधिका रुपमा रिना महर्जन र रञ्जना थापा मगरको बराबर मत आएकाले जिल्ला अधिवेशनपछि गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । उनीहरु दुबैजना संस्थापन पक्षका हुन।

ललितपुर क्षेत्र नम्बर ३ मा पनि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरु संस्थापन पक्षबाट निर्वाचित भएका छन्। निर्वाचन परिणाम अनुसार १५ जना संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन भने अन्य दशजना देउवा इतर विभिन्न समूहका छ्यासमिस निर्वाचित भएका छन् ।

भक्तपुरका दुईवटै क्षेत्रमा कांग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ । भक्तपुर १ मा क्षेत्रीय सभापतिमा जीवन खत्री निर्वाचित बनेका छन् । उनी देउवा निकट हुन् । महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षकै अत्यधिक बुहमत रहेको छ ।

भक्तपुर १ बाट महाधिवेशन प्रतिनिधिमा देउवा पक्षबाट २० जनाले जित हात पारेका छन् । यो क्षेत्रमा संस्थापन इतर समूहबाट जम्मा पाँच जनाले मात्र महाधिवेशन प्रतिनिधिमा ठाउँ पाएका छन् ।

यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा संस्थापन इतर पक्षका भेषबहादुर कार्की निर्वाचित भए पनि महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षबाट दश जनाले महाधिवेशन प्रतिनिधिमा जितेका छन । संस्थापन इतर समूह प्रकाशमान,डा। शशांक कोइराला,रामचन्द्र पौडेल पक्षबाट १५ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

यता काठमाडौंमा धेरै बलियो रहेका प्रकाशमानले अपेक्षा अनुसार काठमाडौं क्षेत्र नं २ र ६ बाट मात्र महाधिवेशन प्रतिनिधिमा जित निकाल्न सकेनन् । अन्य सबै क्षेत्रमा ६० देखि ८० प्रतिशतसम्म महाधिवेशन प्रतिनिधि जितेका छन।

प्रकाशमानको आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ बाट महाधिवेशन प्रतिनिधिमा देउवा निकट १० जनाले चुनाव जितेका छन् । यो संख्या भनेको ४० प्रतिशत हो । काठमाडौं २ मा भने देउवा पक्षले पाँच जना बाहेक सबै महाधिवेशन प्रतिनिधि जितेको छ। यो क्षेत्रमा प्रकाशमान पक्षका दिपक प्रसाद कुइकेल, लोकेश ढकाल र प्रतिमा गौतम लगायतले मात्र चुनाव जितेका छन।

यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा २० जना संस्थापन पक्षका निर्वाचित भए । तर संस्थापन इतरले केबल पाँच जनामा चित्त बुझाएका छन ।

यस्तै काठमाडौं क्षेत्र नं.३ बाट प्रकाशमान पक्षका ६ जनाले महाधिवेशन प्रतिनिधि जितेका छन। संस्थापन समूहकि केन्द्रीय सदस्य अम्बिका बस्नेतको चुनावी क्षेत्र रहेको यो क्षेत्रमा उनको समुहको सर्वनाक पराजय भएको छ। यस क्षेत्रमा देउवा पक्षका कुमारराज सुवेदी,लालु तामाङ, रेखा अर्याल, रमेश अर्याल,शान्ति नेपाल,पर्शुराम पोखरेलले मात्र जितेका छन। २० जना महाधिवेशन प्रतिनिधि सिंह पक्षका छन् ।

यता गगन थापाको निर्बाचन क्षेत्र काठमाडौं ४ मा प्राय सबै महाधिवेशन प्रतिनिधि थापा पक्षका आएका छन। देउवा पक्ष कमजोर देखिएको छ। प्रदेश सांसद नरोत्तम वैद्यले निर्वाचन हारेका छन।

उता काठमाडौं क्षेत्र नं. ५ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन समूहले १० जना प्रतिनिधि सुनिश्चित गरेको छ । प्रकाशमान–गगन गठबन्धनले १६ जना महाधिवेशन प्रतिनिधि हात पारेको छ । तर यस क्षेत्रमा तीन जना भीमसेनदास प्रधान निकट छन् । उनीहरुले पनि सभापतिमा देउवा पक्षलाई नै सघाउने अनुमान गरिएको छ ।

यसैगरी काठमाडौं क्षेत्र नं. ६ बाट पनि ठूलो संख्यामा देउवा–सिटौला गठवन्धनका महाधिवेशन प्रतिनिधि छानिएका छन् । देउवा–सिटौला गठवन्धनका १८ जना निर्बाचित हुँदा प्रकाशमान समूहबाट भने आठ जना मात्र महाधिवेशन प्रतिनिधि चयन भएका छन ।

काठमाडौं ७ मा देउवा समूह निकै कमजोर देखिएको छ । यो क्षेत्रमा प्रकाशमानका छोरा प्रवेशमान र पत्नी सिर्जना सिंह सहित २१ प्रतिनिधि चुनिएका छन् । प्रकाशमानको एकलौटी मानिएको यो क्षेत्रमा पनि संस्थापन पक्षबाट चार जनाले जित्न सफल भएका छन् ।

काठमाडौं क्षेत्र नं. ८ मा संस्थापन पक्षले ७ सिट जित्दा १८ प्रतिनिधि प्रकाशमान पक्षका आएका छन् । क्षेत्र नम्बर ९ मा प्रकाशमान–गगन गठवन्धनको अवस्था आधा–आधा जस्तो देखिएको छ । यो क्षेत्रमा देउवा पक्षको १२ जना र प्रकाशमान समूहबाट १३ जना प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रमा देउवा र सिटौला समूहको आधा जस्तै वर्चश्व देखिएको छ ।

यस्तै काठमाडौं क्षेत्र नम्बर. १० मा प्रकाशमान निकट बहुसंख्यक महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रबाट २२ जना प्रकाशमान समूहबाट निर्बाचित हुँदा संस्थापन देउवा पक्षका तीन जना मात्र निर्वाचित भएका छन् ।

प्रकाशमान र सांसद राजन केसी, जिल्ला सचिव राजकुमार नकर्मीको निकै पकड क्षेत्रका रुपमा चिनिएको यस क्षेत्रमा संस्थापन पक्षले तीन जना प्रतिनिधि उम्काएको छ ।

 

himalayan life insurance
igi long