stcnepal long ad
ime life insurance
national life
global ime bank long

टिभिएस मोटर इपिएल २०२० को टाइटल प्रायोजक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ । यसरी टाइटल प्रायोजन गरे सँगैं अब इपिएल भएको छ टिभिएस इपिएल २०२० । इपिएल नेपालको फ्रेन्चाइज क्रिकेटहरु मध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता बन्न सफल भैसकेको छ ।

राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भिडन्त हेर्न पाइने यो प्रतियोगिता यही मार्च १४, २०२० देखि मार्च २८, २०२० सम्म किर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

नेपालका क्रिकेट प्रेमीहरुले अत्यन्त उत्सकुताका साथ प्रतिक्षा गरिरहेको उक्त इपिएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र इपिएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा आज एक समारोहबीच हस्ताक्षर गरे ।

सो समारोहमा जगदम्बा मोटर्सका अग्रवालले इपिएलको एक हिस्सा हुन पाएकोमा गर्व लागेको बताए । साथै ईपीएल आयोजकको तर्फबाट अख्तरले इपिएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिंदैं यसरी अन्तर्राष्ट्रिय स्तरको ब्राण्डसँग इपिएल आबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताए ।

IME Lifesidebar
kumari