आपतकालिन सेवाको लागि हुन्डाइले सुरु गर्यो हटलाइन
काठमाडौ । हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागी हटलाइन सेवाको सुरु गरेको छ ।
अहिले कोभिडद्वारा उत्पन्न भएको परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न कम्पनीले हटलाइन सेवा सुरु गरेको हो । कम्पनीले हालको लागि काठमाडौं उपत्यकाको लागि हटलाइन सेवा सुरु गरेको छ ।
हुण्डाइका ग्राहकले निषेधाज्ञाको समयमा हटलाईन सेवाको लागी सम्पर्क नम्बर ९८०१२०१५२० र ९८०१२३९२६० मा सम्पर्क गर्न सक्ने कम्पीले जानकारी दिएको छ ।























