भारतीय अटो उद्योगमा महामारीको असर, निर्यातमा ठूलो धक्का
एजेन्सी । कोरोना महामारीका भारतीय अटो इन्डस्ट्रीमा ठूलो क्षति भएको छ । यस कारण भारतमा आर्थिक वर्ष २०२०/२१ मा प्यासेन्जर गाडीको निर्यात ३९ प्रतिशतले घटा भएको छ ।
कोरोनाका कारण भारतबाट अन्य देशहरूमा सामान निर्यात गर्न समस्या आइरहेको छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल मैन्युफैक्चरर्स ९सियाम०का अनुसार एक्सपोर्टमा ६ महिनाकोबीचमा सबैभन्द बढी कमी आएको छ ।
सियामको आंकडा अनुसार प्यासेन्जर गाडीको निर्यात ३९.९ प्रतिशतले घटेर ४,०४,४०० वटा गाडीमात्रै निर्यात भएको छ । २०१९/२० मा ६,६२,११८ वटा गाडी निर्यात गरेको थियो ।
दक्षिण कोरियाको गाडी उत्पादक कम्पनी हुन्डाई मोटर इंडिया २०२०/२१ मा प्यासेन्जर गाडी निर्यातमा पहिलो स्थानमा छ । कम्पनीले आर्थिक वर्ष २०२०/२१ मा कुल १,०४३४२ वटा विभिन्न प्यासेन्जर बस विभिन्न देशमा निर्यात गरेको छ ।
गत वर्षको तुलनामा यो निर्यात ३८.५७ प्रतिशतले कमी हो । त्यस्तै, दोस्रो नम्बरमा सुजुली मारुति छ । जसले यो बीचमा ९४,९३८ वटा गाडी निर्यात गरेको छ । यो गत वर्षको भन्दा ५.३४ प्रतिशत कम हो ।
२०२०/२१ पछि भारतमा गाडीकाृ बिक्री पनि २ प्रतिशत घटेको छ । सियामका अनुसार अटोमोबाइल्स उद्योग कोभिड १९ को महामारीबाट ठूलो क्षतिका कारण अझै पनि आफ्नो लयमा आउन सकेको छैन । तथ्यांकका अनुसार आर्थिक वर्ष २०२०/२१ मा यात्रु बहाक गाडीको विक्रि २.२४ प्रतिशतले घटेको छ ।























