सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज चैत ९ गते सोमबार अन्तिम दिन हो । बैंकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२६% नगद गरी कुल ५.२६% लाभांश वितरण गर्दैछ ।
लाभांश तथा सभा प्रयोजनका लागि बैंकले चैत १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकको १६औं वार्षिक साधारण सभा चैत २३ गते बस्दैछ ।























