stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

हुण्डाईको नयाँ क्रेटा ‘दि अल्टिमेट एसयूभी’ बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हुण्डाई मोर्टसको एक मात्र नेपाली आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले वहुप्रतिक्षित “नयाँ क्रेटा–दि अल्टिमेट एसयूभी “नेपाली बजारमा भित्र्याएको छ।

दसैं तिहारको मुखमा लक्ष्मी हुण्डाईले डिजिटल प्लेट्फर्म मार्फत नयाँ क्रेटा सार्वजनिक गरेको हो । कम्पनीका महा–प्रबन्धक रूपेश शर्मा भट्टले नेपालमा पाँच हजारभन्दा अधिक माझ क्रेटाको कार रहेको जानकारी दिँदै क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने गरी दि अल्टिमेट एसयूभी ल्याइएको बताए ।

 

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एसयूभीलाई चिरपरिचित नाम बनाएको उनले बताए । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एसयूभी बनाएको उनले बताए।

हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषा ‘सेन्सस् स्पोर्टनेस’ सँगै एसयूभिको अगाडिको भागमा तीन डाइमेन्सनल क्यासकेडिक ग्रिलमा ठाडो र तेर्सो आकारका साथै स्कल्पटेड बम्पर छ।

बुमर्याङ आकारको एइडी डीआरएलको एलइडी हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फगल्याम्पका साथै वेलकम फङ्सन यसमा छ। नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ। यो १५ सय सीसी डिजल र पेट्रोलमा उपलब्ध छ।

prabhu mahalaxmi
kumari