citizens life insurance long ad
stcnepal long ad

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी

ओगट्यो झण्डै आधा बजार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ। समग्र ईभी दर्तामा गिरावट आए पनि यस मोडलले सर्वाधिक दर्ता हुने विद्युतीय सवारीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको छ।

अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ।

उक्त महिनामा मलेसियामा कुल ४,५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए, जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम र गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो।

यसैगरी, प्रोटोन ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। यी दुई मोडलको संयुक्त दर्ता कुल ईभी दर्ताको ६१.३ प्रतिशत रहेको छ।

यसैबीच, अक्टोबरमा हाइब्रिड सवारीको दर्ता संख्या ५,०२३ पुगेको छ, जुन यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो। यसले मलेसियाको विद्युतीय तथा वैकल्पिक ऊर्जा सवारी बजारमा उपभोक्ताको रोजाइ र बजारको बदलिँदो प्रवृत्तिलाई दर्शाउँछ।

मलेसियामा ई.मास ५ ले हासिल गरेको यो सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो बजार उपस्थितिलाई प्रतिबिम्बित गर्छ।

नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि. ले प्रोटोनको आधिकारिक वितरकका रूपमा यसका विद्युतीय सवारी नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ ।

प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन् । नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि सेगमेन्टमै पहिलो रियर-ह्विल ड्राइभ लेआउट रहेको ई.मास ५ मा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि-लिंक सस्पेन्सन, ८५ किलोवाटको मोटर, ४० किलोवाटआवरको सिएटिएल एलएफपि ब्याट्री र भेहिकल-टु-लोड (भि-टु-एल) क्षमता रहेको छ ।

७० लिटरको फ्रन्ट ट्रंक (फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यसको व्यावहारिक उपयोगितालाई थप बढाउँछन् ।

यसका साथै, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छन् । हाल ई.मास ५ को मूल्य रू. ३२.९९ लाखबाट सुरू हुन्छ ।
प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ ।

यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटिपि रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२-इन-१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ ।

यसमा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेड-अप डिस्प्ले (एचयुडि) र भेहिकल-टु-लोड (भि-टु-एल) सुविधा पनि उपलब्ध छन् । हाल ई.मास ७ को मूल्य ४९.९९ लाखबाट सुरू हुन्छ ।

IME Life
kumari