stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिट्रोनले ल्याउँदै ई–सी ३ एक्स, पहिलो टिजर सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सिट्रोनले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक ई–सी३ को अपडेट भर्सन सिट्रोन ई–सी३ एक्सको पहिलो टिजर जारी गरेको छ। सो नयाँ मोडलले टाटा टियागो ईभी र टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

टिजरका अनुसार नयाँ ई–सी३ एक्समा एलईडी प्रोजेक्टर हेडलाइट, एलईडी फगलाइट र आकर्षक अलोय ह्विल समावेश गरिएको छ । साथै, प्रोक्सी सेन्स किलेस इन्ट्री सिस्टम र पुश स्टार्ट बटन जस्ता सुविधाले गाडीलाई अझ आधुनिक बनाउने अपेक्षा गरिएको छ।

यसको इन्टेरियर डिजाइनमा पनि केही परिवर्तन गरिएको छ । यसमा लेदरले बेरिएको स्टेयरिङ ह्विल, क्रुज कन्ट्रोल, एलईडी एम्बियन्‍ट लाइटिङ, फास्ट चार्जिङका लागि यूएसबी टाइप सी पोर्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल र १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुनेछ।

सेफ्टीका लागि नयाँ ई–सी३ एक्समा स्ट्यान्डर्ड रूपमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटि प्रोग्राम, ईबीडीसहितको एबीएस, हिल होल्ड असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, स्पिड सेन्सिटिभ अटो डोर लक र इन्जिन इमोबिलाइजर जस्ता फिचर समावेश गरिएको छ ।

गाडीमा २९.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ , जसले फुल चार्जमा ३२० किलोमिटरको दूरी तय गर्न सकिने कम्पनीको दाबी छ ।

विद्युतीय मोटरले ५७ पीएस पावर र १४३ एनएमको टर्क उत्पादन गर्नेछ भने यसको अधिकतम गति १०७ किलोमिटर प्रतिघण्टा रहनेछ। यसमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स र ३१५ लिटरको बुट स्पेस दिइएको छ ।

IME Lifesidebar
kumari