stcnepal long ad
ime life insurance
national life
global ime bank long

बिदा लिएर नफर्केका प्राध्यापकबाट साढे दस करोड फिर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर सेवामा नफर्केका प्राध्यापकबाट १० करोड ४६ लाख रुपियाँ फिर्ता भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिहीबार यसबारे जानकारी दिनुभएको हो ।

मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपियाँभन्दा बढी रकम फिर्ता भएको मन्त्री पोखरेलले जानकारी दिनुभएको हो । सेवामा नफर्केका थप प्राध्यापकहरू पनि रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसलाई उहाँले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहीता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारी अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरिएको रूपमा अथ्र्याउनुभएको छ ।

“शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष अवसर हो,” उहाँले भन्नुभयो, “तर सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षतिसमेत पु¥याएको छ ।”

मन्त्री पोखरेलका अनुसार यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहित गरेको थियो । त्यसपछि गरिएको छानबिन र कानुनी प्रक्रियाको परिणामस्वरूप रकम फिर्ता हुने क्रम तीव्र बनेको छ ।

मन्त्री पोखरेलले भन्नुभयो, “यो उपलब्धि केवल रकम असुलीको विषय होइन, सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने र उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम हो ।”

अध्ययन बिदामा गएका प्राध्यापक काममा नफर्किएका विषयमा अध्ययन गर्न त्रिविले गठन गरेको छानबिन समितिले बिदा दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको थियो ।

त्यसपछि अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकहरूलाई रकम फिर्ता गर्न त्रिविले सार्वजनिक सूचना निकालेर रकम फिर्ता गर्न निर्देशन दिएको थियो । सोही सूचनाका आधारमा प्राध्यापकले पैसा फिर्ता गरेका हुन् ।

 

IME Lifesidebar
kumari