stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ईभी विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिको नयाँ उपलब्धी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । “इनर्जी, भिजन, फ्युचर” थिममा आयोजित २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले “२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स” तथा “२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स” प्राप्त गरेको छ।

नेपालमा इभी प्रवर्द्धन, सञ्जाल विस्तार तथा ग्राहक हितमा केन्द्रित सेवाका कारण कम्पनीले यी दुई महत्वपूर्ण सम्मान हात पारेको हो।

यी अवार्डहरूले एमएडब्लू समूहको वातावरणप्रतिको जिम्मेवारी, स्वच्छ ऊर्जा प्रवर्द्धन र भविष्यको ईभी इकोसिस्टम निर्माण गर्ने लक्ष्यसँग मेल खाने स्पष्ट सन्देश दिएको कम्पनीको भनाइ छ। वातावरणमैत्री र प्रदुषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रूपमा एमएडब्लू वृद्धिको पहिचान थप मजबुत बनेको छ।

केवल १४ महिनामा १२५० भन्दा धेरै ईभी बिक्री गर्दै कम्पनीले न्यू इनर्जी क्षेत्रको उल्लेखनीय सफलता हासिल गरेको छ। यसको ह्याचब्याक मोडेल ‘नामी बक्स’ आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ।

हालसालै भित्र्याइएको ‘नामी भिगो’ को डेलिभरी अक्टोबरदेखि सुरु भइसकेको छ, जसले ग्राहकका लागि ईभीका विकल्पहरू थप विस्तार गरेको छ।

देशभरका १२ बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, अवलोकन गर्न तथा विश्वासका साथ छनोट गर्न सहज वातावरण उपलब्ध गराइरहेका छन्।

सर्भिस एक्सलेन्स अवार्ड एमएडब्लू वृद्धिको ग्राहक सन्तुष्टिप्रतिको निरन्तर प्रतिबद्धताको परिणाम हो। कम्पनीका १० सेवा केन्द्र तथा २४/७ हेल्पलाइन सेवाका साथ ग्राहक सन्तुष्टि दर ९२५ पुगेको छ।

पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्स तथा अफ–रोड सेवा जस्ता सुविधाले ग्राहकलाई जुनसुकै स्थानबाट शीघ्र सहयोग उपलब्ध गराइरहेको कम्पनीको दाबी छ। बिक्रीपछिको निरन्तर समर्थनले कम्पनीले ग्राहकसँग दीर्घकालीन सम्बन्ध कायम राख्न सफल भएको छ।

एमएडब्लू समूहको ब्रान्ड दृष्टिकोण स्टेकहोल्डरको कदर, नेतृत्व क्षमता र कम्पनीको उद्देश्यमा जनविश्वास भन्ने तीन आधारमा निर्मित छ। स्वच्छ ऊर्जा, पूर्वाधारमा लगानी र ग्राहकलाई प्राथमिकतामा राख्ने सेवाका कारण स्टेकहोल्डरहरूको भरोसा कम्पनीप्रति बढ्दो छ।

यसै प्रसङ्गमा समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “हामी नेपालमा वातावरणमैत्री गाडी विस्तारमा निरन्तर काम गर्दै जानेछौं।

यसले आयातित इन्धनमा निर्भरता घटाएर स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ र राष्ट्रको विदेशी मुद्रा बचतमा मद्दत गर्दछ। ग्राहक सन्तुष्टि हाम्रो प्रत्येक कार्यको केन्द्रमा रहनेछ।”

prabhu mahalaxmi
kumari