stcnepal long ad
global ime bank long

१६० किलोमिटर रेन्ज दिने एथरको नयाँ स्कुटर लन्च

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एथर इनर्जीले आफ्नो नयाँ पारिवारिक इलेक्ट्रिक स्कुटर ‘कोनार्क’ लन्च गरेको छ । तीनवटा भेरियन्टमा उपलब्ध यस नयाँ स्कुटरको सुरुवाती मूल्य १ लाख भारु निर्धारण गरिएको छ, जुन एथरको हालसम्म उपलब्ध स्कुटरमध्ये सबैभन्दा सस्तो हो ।

स्कुटरमा स्टिल युनिबडी चेसिस, स्मार्ट फ्रन्ट एप्रन, ३१ लिटरको अण्डर–सिट स्टोरेज र एलइडी लाइटिङ प्रयोग गरिएको छ । यसको सुरुवाती भेरियन्टमा २.१ किलोवाट आवरको ब्याट्री छ भने शीर्ष एस १६१ भेरियन्टमा ३.५ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।

४.७ किलोवाट क्षमताको मोटर राखिएको यस स्कुटरलाई ७० किमी प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ भने एक पटकको फुल चार्जमा १६० किमीसम्मको रेन्ज प्राप्त गर्न सकिने् दाबी गरिएको छ ।

स्कुटरमा युएसबी टाइप–सी पोर्ट, अटोहोल्ड, फलसेफ, ब्लुटुथ कनेक्टिभिटी, फाइन्ड माइ स्कुटर र ओटीए अपडेट जस्ता आधुनिक फिचर समावेश गरिएका छन् ।

IME Lifesidebar
kumari