stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

हुन्डाईले ल्यायो विशेष एक्सचेञ्ज अफर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हुन्डाई नेपालले “उत्तममा स्तरोन्नति गर्नुहोस्” नयाँ अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी घर लैजान सक्ने अवसर पाउँछन् ।

यो अफर कात्तिक २१ गते शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शो–रूममा शुरु भएको छ । हुन्डाई क्रेटा ईभी मा हुन्डाईको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन पाइन्छ, जसले विद्युतीय गाडीमा रूपान्तरण गर्न चाहनेका लागि यो एक उत्कृष्ट विकल्प बनाउँछ।

प्रत्येक खरिदसँगै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारन्टी उपलब्ध छ, जसले ग्राहकलाई निश्चिन्तता प्रदान गर्छ । यस अफर अन्तर्गत, ग्राहकले १ लाख रुपैयाँ सम्मको एक्सचेञ्ज बोनस, ७५ हजार रुपैयाँको विशेष छुट, र २५ हजार रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन् ।

साथै, यस अफरमा १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्सर रोड ट्याक्स पनि समावेश गरिएको छ, जसले हुन्डाई ऋचभतब भ्ख् खरिदलाई अझ सुविधाजनक बनाउँछ।

हुन्डाई क्रेटा ईभीले एकपटक चार्जमा ३९० किलोमिटर ड्राइभिङ रेञ्ज र २०० मिमी ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा पनि सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ।

यो सीमित अवधिको अफरले विद्युतीय गाडीमा स्विच गर्ने योजना बनाइरहेका सबैका लागि एक उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long