इनड्राइभको दशैं विशेषस् ड्राइभरहरुका लागि ०% सेवा शुल्क
काठमाडौं ।ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले यस दशैंको अवसरमा काठमाडौंका ड्राइभर पार्टनरहरुको लागि विशेष सुविधा ल्याएको छ । यसको पियर(टु(पियर (पी–टु–पी) मोडलमार्फत इनड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपले राइड लिने अधिकार र फेयर मूल्य निर्धारणको सुविधा प्रदान गर्दै सुरक्षित, किफायती र सहज यात्राको अनुभव सुनिश्चित गर्दछ ।
फ्रीडम अफ चोइस् र फेयर प्राइस – इनड्राइभ मार्फत यात्रु र चालकले यात्रा सुरु हुनुअघि नै भाडाबारे आपसी सहमति गर्ने हुनाले दुवैतर्फ उचित मूल्य तय हुन्छ। यो पी(टु(पी मोडलले पारदर्शिता र फलेक्जीविलिटी सुनिश्चित गर्छ, जसले दुबै पक्षलाई आफ्ना लागि उपयुक्त विकल्प छान्ने अधिकार दिन्छ। यसले गर्दा दुवै पक्षलाई वास्तविक स्वतन्त्रताको अनुभव हुन्छ ।
ड्राइभरहरुका लागि ०% सेवा शुल्क( दशैंको अवसरमा इनड्राइभले राजधानीका आफ्ना ड्राइभर पार्टनरहरूलाई विशेष ध्यानमा राख्दै उनीहरुलाई ०% सेवा शुल्कको घोषणा गरेको छ। यस अन्तर्गत दशैं अवधिभर ड्राइभरहरूले कुनै पनि सेवा शुल्क तिर्नुपर्ने छैन र राईडको क्रममा भएको सम्पूर्ण आम्दानी उनीहरूले नै १००% राख्न पाउनेछन्।
आशीर्वाद र सद्भाव बाँड्ने समय दशैंको अवसरमा इनड्राइभले आफ्नो सेवाको मूल आधार चालकहरूप्रति आभार प्रकट गर्न ०५ सेवा शुल्कको घोषणा गरेको हो। यस अवसरमा चालकहरूले थप आम्दानी गर्दै आर्थिक बोझ हल्का गर्ने र निश्चिन्त भएर आफ्नो परिवारसँग रमाइलो समय बिताउन सक्नेछन् ।
“इनड्राइभमा हामी आफूलाई ठूलो समुदायको हिस्सा मान्छौं। हामीलाई विश्वास छ कि आपसी सहयोग र समर्थनमै बलियो समुदाय निर्माण हुन्छ। यसै भावना अनुरूप दशैंको अवसरमा हामीले ड्राइभर पार्टनरहरूलाई थप आम्दानी गर्न सहयोग पुग्ने र यात्रुहरूले पनि सुरक्षित तथा निष्पक्ष यात्राको अनुभव पाउन सक्ने वातावरण बनाउन चालकहरूका लागि ०५ सेवा शुल्कको सुविधा उपलब्ध गराएका छौं,” इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्।
सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो। यात्रु तथा उनीहरूका प्रियजनहरूको लागि रियल(टाइम राइड ट्र्याकिङ, चालक र यात्रु दुवैका लागि विश्वसनिय र पारदर्शी रेटिङ प्रणाली, चाँडो सहायता उपलब्ध गराउने र हप्ताको सातै दिन चौबिसै घण्टा चल्ने इन(एप सपोर्ट तथा यात्रुहरूले राईडको विवरण आफ्नो विश्वसनीय सम्पर्कमा शेयर गर्न सक्ने “सेयर(ट्रिप” जस्ता सुविधाहरू मार्फत इनड्राइभले सुरक्षालाई प्रभावकारी रूपमा मजबुत बनाएको छ।
यी फिचरहरूले प्रत्येक यात्रा केवल सुविधाजनक र न्यायोचित मात्र नभई सुरक्षित र भरपर्दो पनि बनाउँछ। यस दशैंमा इनड्राइभ काठमाडौंका यात्रुहरूलाई थप यात्रा गर्न र स्थानीय चालकहरूलाई राइड लिन आमन्त्रण गर्दछ।
इनड्राइभ रोज्दा यात्रुहरूले किफायती, सुरक्षित र आफ्नो रोजाई अनुसारको यात्रा गर्न पाउँछन् भने चालकहरूले आफ्नो मेहनतको आम्दानी बढी राख्न सक्छन्। यसरी समुदायले दशैंलाई अझ बढी खुशी र समृद्धिसहित मनाउन सक्नेछ।

























