stcnepal long ad
ime life insurance
national life
global ime bank long

इनड्राइभको “सेफ्टी फस्र्ट” तालिम सम्पन्न, १०० भन्दा बढी चालक सहभागी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले “सेफ्टी फस्र्ट” तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति आफ्नो प्रतिबद्धता अझ प्रस्ट पार्न फाइटब्याक नेपालसँगको सहकार्यमा सम्पन्न सो तालिममा १०० भन्दा बढी मोटरसाइकल र ट्याक्सी चालक सहभागी थिए ।

कार्यक्रम फाइटब्याक नेपालका संस्थापक विक्रान्त पाण्डेले सञ्चालन गरेका थिए । उनले चालकहरूलाई दैनिक जीवनमा देखापर्ने चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्ने व्यावहारिक सीप सिकाएका थिए ।

तालिममा यात्रुलाई सम्मान र सुरक्षा प्रदान गर्ने, चालकहरुले व्यावसायिक आचरण र शिष्टाचारलाई व्यवहारमा उतार्ने, असहज वा संवेदनशील परिस्थितिमा प्रभावकारी ढङ्गले प्रतिक्रिया जनाउने जस्ता कुराहरु सिकाइएको थियो ।

उक्त तालिम इनड्राइभको ‘सेफ्टी फस्र्ट’ भन्ने मूल सिद्धान्तलाई जोड दिँदै इनड्राइभलाई अझ सबल र विश्वासिलो प्लेटफर्मका रूपमा स्थापित गर्न लक्षित थियो ।

फाइटब्याकको बीएचभी नमुना प्रयोग गरी गरिएको छलफल, अभ्यास र व्यावहारिक सुरक्षा प्रशिक्षणमार्फत चालकहरूलाई प्रत्यक्ष काम लाग्ने सीप प्रदान गरिएको थियो ।

तालिम पूरा गर्ने चालकहरूले प्रमाणपत्रसहित “भेरिफाइड ड्राइभर ब्याज” पनि प्राप्त गरेका थिए । उक्त ब्याजले उनीहरूलाई आधिकारिक रूपमा इनड्राइभ प्रमाणित चालकको रूपमा चिनाउँछ ।

इनड्राइभ नेपालकी कन्ट्रि रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “सुरक्षा इनड्राइभको मिशनको मूलमा रहेको छ । प्रत्येक यात्रुले सम्मानित र सुरक्षित महसुस गरून, र प्रत्येक चालक व्यावसायिक रूपमा सशक्त बनून भन्ने हामी चाहन्छौँ ।

यस्ता तालिमहरूले हामीलाई सुरक्षा, विश्वास र निष्पक्षतालाई पहिलो प्राथमिकतामा राख्दै जिम्मेवार चालकहरूको समुदाय बनाउन सहयोग पुर्याइरहेका छन् ।”

त्यस्तै, फाइटब्याक नेपालका फाउण्डर विक्रान्त पाण्डेले भने, “ड्राइभसँगको सहकार्य यात्रु सुरक्षाको संस्कार स्थापित गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो । चालकहरूलाई चेतना र व्यावहारिक सीप प्रदान गर्दा, हामी केवल दुर्घटना रोकथाममै सीमित छैनौँ, बरु सबैका लागि—विशेषतः महिला यात्रुहरूको लागि—सुरक्षित वातावरण निर्माण गर्दैछौँ ।”

समान अवसरयुक्त समाजको परिकल्पनासहित, इनड्राइभले आफ्नो प्लेटफर्ममा सुरक्षा, विश्वास र सम्मानलाई केन्द्रमा राखेको छ । यो तालिमले इनड्राइभलाई ‘सेफ्टी फस्र्ट, पिपुल पावर्ड प्लेटफर्म’ को रूपमा पुनः स्थापित गरेको छ, जहाँ चालक र यात्रु दुवै सुरक्षित र महत्वपूर्ण महसुस गर्छन् ।

 

IME Lifesidebar
kumari