अटो व्यवसायको समस्या,चुनौती र सम्भावना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपालमा अटो व्यवसाय अर्थात सवारी साधन व्यापार पछिल्लो समय तीव्र गतिमा विस्तार भएको एक प्रमुख क्षेत्र हो। मोटरसाइकल,अटोरिक्सा,टेम्पो,कार,जिप,डेलीभरि भ्यान,मिनी ट्रक,ट्रक,ट्रिपर, लहरी,हरियो माइक्रो,माइक्रोबस,मिनीबस,बस,लक्जरी बस,लोडर,स्काभेटर,लोडर लगायतका सवारीसाधन नेपालमा सञ्चालनमा छन। यीनको व्यापार दिनप्रतिदिन बढी रहेको छ।

तर गुणस्तरीय सडक छिटो बन्न नसक्दा,देशमा उद्योगधन्दा र ठुला व्यवसाय कम हुँदा अटो व्यवसाय तुलनात्मक रूपमा बढन सकेको छैन। सरकारले लग्जरी सवारीसाधन आयातप्रति नकरात्मक धारण राख्ने गरेको छ।

अटो कर्जालाई सुविधा वृद्वि गरेको छैन। अटो आयातमा २६० प्रतिशत भन्दा बढी कर लिने गरेकाले नेपालमा अन्य देशको तुलनामा भेइकल अति महंगो मूल्य पर्ने गर्छ। त्यसैले सवारीसाधन आम नागरिकको पहुँच भन्दा धेरै टाढा रहन पुगेको छ। यद्यपि, यो क्षेत्रको व्यवसायमा अवसरहरूसँगै विभिन्न चुनौतीहरू पनि छन्।

नेपालको अटो व्यवसायको वर्तमान अवस्था हेर्दा सवारीसाधन आयातमा अर्बौँ रुपैयाँको कारोबार हुन्छ। जापानी, कोरियन, चिनियाँ र भारतीय गाडी ब्रान्डहरूको बजार हिस्सेदारी उल्लेख्य छ।

जर्मन,बेलायत,इटाली र अमेरिकी ब्रान्डका गाडी पनि नेपालमा आउने गरेका छन। काठमाडौं, पोखरा, चितवन, बिराटनगर,बुटवल,नेपालगन्ज,धनगढी,जनकपुर लगायतका सहरहरूमा अटो शो(रूम र सर्भिस सेन्टरहरू तीव्र रूपमा फैलिएका छन्।

इलेक्ट्रिक भेहिकल इभीको माग र चासो बढ्दो छ। अटो व्यवसायका सम्भावनाहरू बढदैछ। इलेक्ट्रिक सवारी साधनको बजार हिस्सा अहिले बढेको छ।

खासगरि इरिक्सा, कार,माइक्रोबस आयात बढेको छ।सरकारद्वारा विद्युतिय सवारीलाई कर छुट, सहुलियत कर्जा आदि दिई प्रोत्साहन गरिँदैछ। पेट्रोलरडिजेलको विकल्पको रूपमा इभी गाडीको माग बढ्दो छ। इभी गाडीको प्रयोगमा सञ्चालन खर्च कम छ।

डिजेल र पेट्रोलको तुलनामा २५ प्रतिशत कम खर्च छ। इभी गाडीमा चार्ज गर्ने स्टेशनहरू पनि बढदै छन।

बजारमा सेकेन्ड(ह्यान्ड गाडीको माग पनि बढदैछ। सस्तो विकल्प खोज्ने उपभोक्ताहरूको संख्याले प्रयोगशालीन गाडीको बजार बढाएको छ। गाडीहरू बढ्दै जाँदा प्राविधिक सेवा मर्मत, स्पेयर पार्ट्स सप्लाई, सर्भिसिङ जस्ता सहायक व्यवसायको अवसर पनि बढदैछ।

बैंक तथा वित्तीय संस्थामार्फत लिजिङ र कर्जा सुविधाले सवारीसाधन खरिद सहज बनेको छ। सवारी किन्न सहज भएपछि माग बढ्ने सम्भावना छ।

यसले राइड सेयरिंग र लजिस्टिक व्यवसायको विस्तार भएको छ। पठाओ र इन ड्राइभ जस्ता कम्पनी मार्फत आवद्व भएर सार्वजनिक यातायातमा सुविधा पुरयाउने र रोजगारी सिर्जना गर्ने काम पनि भैरहेका छन। बाइक, ट्याक्सी, गाडी ट्याक्सी, अनलाइन डेलिभरी सेवाको विकाससँगै गाडीको आवश्यकता बढेको छ।

यति हुँदाहुँदै पनि अटो व्यवसायका प्रमुख चुनौतीहरू धेरै छन। अत्यधिक आयात करहरूले व्यवसायमा चुनौती थपेको छ।
सवारीसाधन आयातमा २०० देखि ३०० प्रतिशतसम्मको कर लाग्ने हुँदा मूल्य अत्यन्त महँगो हुन्छ। त्यसले सवारीसाधन मध्यमस्तरीय जनताको पहुँच भन्दा माथि छ।

यसले विदेशी मुद्राको संकट उत्पन्न गर्ने भन्दै सरकारले बेलाबेलामा आधुनिक र सुविधाजनक महंगा सवारीसाधन आयातमा रोक लगाउदै आएको छ। विदेशी मुद्रा सञ्चिति कम हुँदा गाडी आयातमा प्रतिबन्ध लाग्ने, कोटा प्रणाली लागू हुने सम्भावना छ।

निर्माणाधीन वा कमजोर पूर्वाधारले सवारी साधन सञ्चालनमा समस्या छ। राम्रा सडक, पार्किङ, चार्जिङ स्टेशनको अभावले अटो व्यवसायमा प्रभाव पारिरहेको छ। सरकारको नीति बारम्बार परिवर्तन हुने हुँदा व्यवसायीहरूमा अनिश्चितता बढेको छ

नेपालमा गाडी निर्माण वा एसेम्बलिंग नहुँदा सम्पूर्ण गाडी तथा पार्ट्स आयातनिर्भर छन्। वायु प्रदूषण, ट्राफिक जाम जस्ता समस्याले गाडीको सीमित प्रयोग र नियमनको माग बढाएको छ।

नेपालमा अटो व्यवसाय अझै पनि विस्तारको चरणमै छ। विद्युतिय सवारी साधन, मर्मत सेवा, लिजिङरफाइनान्स, सेकेन्ड ह्यान्ड बजार लगायतका क्षेत्रमा ठूलो सम्भावना छ। तर दीर्घकालीन सफलता हासिल गर्न व्यवसायमैत्री नीति, सडक पूर्वाधार विस्तार र स्थिर नियम आवश्यक रहेको छ।

 

IME Lifesidebar
kumari