सुजुकी कार किन्नेलाई आज विशेष अफर

काठमाडौं । सुजकी कार किन्नेले आज विशेष अफर पाउने भएका छन् । सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पले आज असार १४ को दिनलाई ’सुपर स्याटर्डे’का रुपमा मनाउन विशेष अफर ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले सुजुकीको कुनैपनि नयाँ मोडल किन्दा २ लाख २० हजारसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज वोनस र २० हजार रुपैयाँ लोयल्टि वोनस पाउनेछन् । यसैगरी, इन्स्योरेन्स, एसेसोरिज र पिएमएस पार्ट्स निशुल्क पाउनेछन् ।
कम्पनीका अनुसार यो काठमाडौं उपत्यकाका ग्राहकलाई लक्षित गरी सोहि दिनका लागि मात्र ल्याइएको हो । अफरको लाभ लिन थापथलिस्थित सुजुकी शोरुम भिजिट गर्न ग्राहकलाई आह्वान गरिएको छ ।