stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजाज ग्रान्ड एक्सचेन्ज मेला: नागरिकता मात्रैले पाउनुहोस् नयाँ बाइक, थप रु. १०,००० भ्यालुएसन र खुशीको मिटरबाट उपहार !

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

विराटनगर । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।

कम्पनीले यही २०८२ वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म महाबिर चोक (धरान रोड), विराटनगरमा आयोजना हुने यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन् , ०% सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप रु. १०,००० सम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र ‘खुशीको मिटर’ योजना अन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

यस पटकको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्च मूल्यांकन गर्न काठमाडौंबाट विशेष भ्यालुएटरहरू आएका छन्।

यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी थप रु. १०,००० सम्मको बोनस भ्यालुए्सन दिनेछन् ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत् यो सुविधा पाउनेछन्।

विराटनगरको महाबिर चोकमा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ नेपालको बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो।

यस योजना अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना बाइकहरूको उच्चतम् भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न पाउनेछन् । साथै, ‘खुशीको मिटर’ अन्तर्गत उत्सुक ग्राहकहरूले नगद र उपहार जित्ने मौका पाउनेछन् ।

prabhu mahalaxmi
kumari