stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

भारतको प्रसिद्ध निरञ्जन अखाडाका परम पूज्य स्वामी कैलाशानंद महाराजद्वारा चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गर्नु भएको छ ।

नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गर्नु भएको हो । दर्शन लगत्तै कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गर्न पुगेको पनि उल्लेख गर्नु भयो ।

काठमाण्डौंमा रहँदा चन्द्रागिरि रिसोर्टमा बस्नु भएका स्वामी कैलाशानंदले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भनी प्रशंसा समेत गर्नु भएको थियो ।

स्वामी कैलाशानंद सहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न पाउनु अत्यन्तै स्मरणीय अनुभव भएको बताउनु भयो ।

भ्रमणका क्रममा स्वामी कैलाशानंदले “मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेकाले यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने पनि उल्लेख गर्नु भयो ।

नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानन्दले लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन तथा रसुवाको गोसाईंकुण्ड र काठमाण्डौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गर्नु भएको थियो ।

नेपालका विभिन्न धार्मिक स्थलमा भएको स्वामी कैलाशानन्दको भ्रमणले नेपालको धार्मिक तथा अध्यात्मिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

prabhu mahalaxmi
kumari