पल्सर एन १५० को मूल्यमा ४ हजार रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा उपलब्ध बजाजको बाइक पल्सर एन १५० को मूल्यमा ४ हजार रुपैयाँ वृद्धि भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यसको मूल्य पहिले ३ लाख ६७ हजार ९ सय रुपैयाँ रहेकोमा अब ३ लाख ७१ हजार ९ सय रुपैयाँ पुर्याएको हो ।
पल्सर एन १५० पहिलो पटक गत वर्षको असार पहिलो साता देखि नेपाली बजारमा उपलब्ध भएको थियो । त्यतिबेला यसको मूल्य ३ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
एन १५० मा रहेको आकर्षक फिचर भनको ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट हो । साथमा युएसबी चार्जिङ पोर्ट पनि यो मोटरसाइकलमा उपलब्ध छ ।
त्यसैगरि यसको फ्युल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ ।
पल्सर एन १५० एरोडायनामिक थ्रीडी फ्रन्ट सहितको स्लिक डिजाइनको उपलब्ध छ । यसको मस्कुलर डायनामिक ट्याङ्की, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ ।
शक्तिशाली र स्मूथ १४९.६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशाली माइलेज पनि दिने कम्पनीले जनाएको छ ।
सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस समावेश गरिएको छ । अलोय ह्विल पनि राखिएको छ । सुरक्षालाई झनै बलियो बनाउन यसमा सिङ्गल च्यानल एबीएस दिइएको छ ।
पल्सर एन १५० मा डिजिटल स्पिडोमिटर, ट्याकोमिटर, ट्रिपमिटर र ओडोमिटर सहित धेरै एड्भान्स फिचरहरू छन् । यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डिकेटर पनि उपलब्ध छ ।
साथै यस बाइकमा ‘क्याट’ नोटिफिकेसन र राइड कनेक्ट एप पनि उपलब्ध गराइएको छ । त्यसैगरि बाइकमा सिंगल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा पनि रहेको छ ।