फरथिङ फ्राइडे’ ईभी, नेपाली बजारमा प्रवेश

काठमाडौं । चिनियाँ अटो उत्पादनक डोङफेङको ‘फरथिङ फ्राइडे’ एसयूभी नेपाली बजारमा प्रवेश गरेको छ । यसको औपचारिक उद्घाटन भने अर्को साता हुने बताइएको छ ।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलीटीका अनुसार फ्राइडे एसयुभीको दुईवटा भेरिएन्ट केरुङ हुँदै नेपाल भित्रिसकेको छ । यो एसयुभी लक्जरी र एक्सक्लुसिभ भेरिएन्टमा उपलब्ध हुनेछ ।
.६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ ।
एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।
सुरक्षातर्फ एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा रहेका छन् ।
साथै भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचरसमेत उपलब्ध हुने कम्पनीको भनाइ छ । यसको मूल्य ५६ लाखदेखि ६२ लाख रुपैयाँसम्म पर्ने बताइएको छ।