stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नयाँ वर्षको पहिलो दिनमै १३५ युनिट बीवाईडी ईभी वुकिङ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।नयाँ वर्षको पहिले दिन अर्थात वैशाख १ गतेलाई बढो हर्षोल्लासका साथ मनाउने आम नेपालीको परम्परा नै हो । यसदिन मिठो खाने र नयाँ सामान किन्ने प्रचलन समेत छ ।

सवारीसाधन किन्नेहरुका लागि त झन यसदिनले विशेष महत्व राख्दछ । नयाँ सवारीसाधन घर भित्र्याएर परिवारमा खुसी बाढ्न पाइने र बिक्रेता कम्पनीले समेत विशेष अफर दिने भएका कारण यस दिनलाई कुरेर नयाँ गाडी किन्ने ग्राहकको ठूलै जमात भेटिन्छ ।

नयाँ वर्षमा धेरैभन्दा धेर्रै सवारीसाधन बिक्री गर्न कम्पनीहरुले लामै समयदेखी कसरत समेत गरिरहेका हुन्छन् । यसदिन कुन कम्पनीले कति गाडी बिक्री गर्यो भन्ने विषयले पछिसम्म चर्चा पाउने कारण पनि बिक्रेता कम्पनीका लागि नयाँ वर्षले विशेष महत्व राख्दछ ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुने कार ब्रान्ड बीवाईडीले नयाँ वर्षको पहिलो दिन अर्थात बैशाख १ गते १३५ वटा गाडीको वुकिङ लिन सफल भएको जनाएको छ । अघिल्लो वर्षको यसै दिन १३२ गाडी बुकिङ लिएको कम्पनीले यसवर्ष त्यसमा केही सुधार गर्दै बुकिङ बढाएको हो ।

बीवाईडीको हाल नेपाली बजारमा एट्टो३, डल्फिन, एम६, ई६ र लक्जरी सेडान कार सील सहित कुल ५ वटा मोडलका ईभी उपलब्ध छन् । यी कारको सुरुवाती मूल्य ४१ लाख १५ हजारदेखी १ करोड ९५ लाख रुपैयाँसम्म पर्छ । यीमध्ये सर्बाधिक बिक्री हुने मोडलमा एट्टो३ र डल्फिन पर्छ ।

अन्तराष्ट्र्रिय बजारमै चर्चा कमाएको ईभी ब्रान्ड भएका कारण पनि बीवाईडीलाई नेपाली ईभी प्रेमीले अत्याधिक मात्रामा रुचाउँदै आएका छन् ।

साथै, अत्याधुनिक फिचर, लामो रेन्ज दिने ब्लेड ब्याट्री, उत्कृष्ट गुणस्तर र सर्वसुलभ बिक्री पछिको सेवालगायत विशेषताका कारण पनि बीवाईडीका कार नेपाली बजारमा सफल भएक हुन् ।

prabhu mahalaxmi
kumari