stcnepal long ad
nabil bank
macchha(MBL)

हुन्डाई क्रेटाको अर्को ऐतिहासिक सफलता

Nimb long ad
Prabhu Insurance Long Ad

हुन्डाई क्रेटाले मार्च २०२५ मा भारतको अटोमोबाइल बजारमा इतिहास रचेको छ। सो एसयूभी मार्च महिनामा सबैभन्दा धेरै बिक्री हुने कार बन्यो । केवल मार्च महिनामा मात्रै १८ हजार ५९ युनिट क्रेटा बिक्री भएका थिए।

यस सफलतासँगै हुन्डाईले आर्थिक वर्ष २०२४–२५ मा उल्लेखनीय प्रगति गरेको छ, जसमा क्रेटाको बिक्री २० प्रतिशतले वृद्धि भएको छ।

कम्पनीका अनुसार अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको अवधिमा कम्पनीले सर्वाधिक सवारी साधन बिक्री गरेको छ। आर्थिक वर्ष २०२४/२५ को चौथो त्रैमासिकमा क्रेटाको कुल ५२ हजार ८९८ युनिट बिक्री भएको थियो।

यस अवधिमा कम्पनीको कुल बिक्रीमा एसयूभीको हिस्सा ६८.५ प्रतिशत पुगेको छ, जुन गत वर्ष ६३.२ प्रतिशत थियो।

ग्राहकहरू विशेष गरी क्रेटाको टप मोडलहरु प्रति आकर्षित भएका छन् । जसमा पेट्रोल र डिजेल भर्सनमा टप मोडलले कुल बिक्रीमा २४ प्रतिशत योगदान पुर्‍याएको छ भने इलेक्ट्रिक क्रेटामा यो हिस्सा अझ उच्च भएर ७१ प्रतिशत पुगेको छ।

साथै सनरुफ भएको क्रेटा पनि उल्लेखनीय रुपमा बिक्री भएको छ । क्रेटाको कुल बिक्रीमध्ये ६९ प्रतिशत सनरुफ भएका कारहरू थिए । कनेक्टेड फिचर भएका सवारी साधन पनि राम्रो बिक्री भइरहेको छ । क्रेटाको कुल बिक्रीमध्ये ३८ प्रतिशत सवारी साधन कनेक्टेड फिचर भएको थियो ।

क्रेटाको हालको एक्स–शोरूम मूल्य ११ लाख ११ हजारदेखि २० लाख ५० हजार भारुसम्म छ । साथै हुन्डाई क्रेटा इलेक्ट्रिकको एक्स–शोरूम मूल्य १७ लाख ९९ हजारदेखि २४ लाख ३८ हजार भारुसम्म छ।

नेपाली बजारमा पनि हुन्डाई क्रेटाको राम्रो बजार उपस्थिति छ । नेपाली बजारमा क्रेटा आईसीई र ईभी दुवै उपलब्ध छन् ।

prabhu mahalaxmi
kumari